३ कार्तिक २०८३, मंगलबार

रुपा र रजनी मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन घोषित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’को शीर्ष उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिसतर्फको शीर्ष उपाधि हात पारेका हुन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतियोगितामा डीना खत्री फष्ट रनरअप र सरिता कोइराला सेकेन्ड रनरअप चुनिए । विजेता ४ जानाले क्रमशः १५, १५, १० र ५ हजार नगदसहित बिभिन्न उपहार समेत हात पारे ।

अपाङ्गता भएको ब्यक्तिहरूको क्षमता र उनीहरूमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरूलाई फरक चिनारी बनाउन सहयोग प¥याउने उदेश्यले आयोजित यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो ।

ग्रिन आर्ट मिडिया प्रा.लिले सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना रहेको प्रतियोगितामा बेष्ट स्माइल रुपा पहाडी, बेष्ट डिसिप्लेन मीरा तामाङ, मष्ट ट्यालेन्टेड संगीता मागी, मोस्ट फोटोजेनिक टीना महर्जन, मस्ट अमाजिनो मीना शर्मा, बेष्ट फर्सनालिटी निर्मला भण्डारी, मस्ट हम्बल अनु राई, मष्ट फ्रेन्ड्ली सरिता कोइराला, मस्ट ग्ल्यामर गंगा छन्त्याल, मष्ट कन्फिडेन्ट तुलसा थापा मगर, बेष्ट स्क्रिन रजनी राई र मष्ट ब्युटिफुल अस्मी दुलालले हात पारे ।

पूर्व मिस नेपाल इभाना मानन्धर, ब्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोर भक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्लगायत निर्णायक रहेको प्रतियोगितामा रविन्द्र प्रताप शाह मुख्य अतिथिका रुपमा रहेका थिए ।

एलिना शाक्य तुलाधर कोअडिनेटर, परि श्रेष्ठ बोड मेम्बर रहेको प्रतियोगिताबाट उठेको रकम ५० हजार सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)लाई सहयोगको रुपमा प्रदान गरिएको थियो ।