शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

उद्योगले एसिड खरिदका लागि गृहमन्त्रालयबाट पूर्व अनुमति लिनुपर्ने

दैनिक नेपाल २०७७ चैत २२ गते २१:५४

काठमाडौँ, २२ चैत । उद्योगहरुले एसिड खरिदका लागि गृहमन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ ।

औद्योगिक प्रयोजन लागि आवश्यक एसिड खरिदका लागि गृहमन्त्रालयबाट पूर्व अनुमति लिनुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–०७७ अनुसार उद्योगलाई आवश्यक तेजाबको परिमाण समेत खुलाएर निवेदन दिन गृह मन्त्रालयले सुचना जारी गरेको हो ।

उद्योगले एसिड राख्नका लागि मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको हो ।

एसिडको जथाभावी प्रयोगले मानिस घाइते हुने तथा जीवन नै कष्टकर बन्ने भएकाले नियन्त्रणका लागि सरकारले यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित