बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एमालेका नेपाल-खनाल समूहद्वारा काठमाडौँमा समानान्तर कमिटीको घोषणा

दैनिक नेपाल २०७७ चैत २२ गते १९:०२


काठमाडौँ, २२ चैत । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले काठमाडौँमा समानान्तर कमिटी घोषणा गरेको छ ।

आइतबार प्रदेशसभा सांसद बसन्त मानन्धरको अध्यक्षतामा सो समूहले समानान्तर कमिटी घोषणा गरेको हो ।

त्यस्तै, उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

त्यसैगरी संस्थापन समूहको अध्यक्षमा संघीय सांसद कृष्ण राई रहेका छन् । नेपाल समूहले समिति २ सय २५ सदस्यीय बनाएको छ । यससँगै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित