शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुेवतका अलमुताइरी नियुक्त

दैनिक नेपाल २०७७ चैत २२ गते १५:५६


काठमाडौँ, २२ चैत । एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ ।

४० वर्षीया अलमुताइरीलाई एन्फाको प्राविधिक कमिटीको सिफारिसमा मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । उनले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् ।

विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि साविकका प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएपछि नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । यस क्रममा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनजस्ता मुलुकको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित