२ कार्तिक २०८३, सोमबार

जोर्डनका पूर्व युवराज घरमा नजरबन्द

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ चैत । जोर्डनका पूर्व युवराज हमजा बिन हुसैनलाई घरमै नजरबन्दमा राखिएको छ ।

उनले देशका विभिन्न नेतालाई भ्रष्टाचार, सक्षमता र उत्पीडनको आरोप लगाएका थिए । राजकुमार हमजा राजा अब्दुल्लाका सौतेनी भाइ हुन् ।

सेनाले भने उनलाई नजरबन्दमा राखिएको कुरा अस्वीकार गरेको सञ्चारमाध्यममा उल्लेख थियो ।

देशको सुरक्षा र स्थिरताका लागि खतरा हुने भन्दै सेनाले राजकुमारलाई आफ्ना गतिविधि रोक्न आग्रह गरेको जनाएको थियो ।