५ मंसिर २०८३, शनिबार

काठमाडौंमा ४३ लाखसहित एक जना पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । काठमाडौंको नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक पोइन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको बसभित्रको प्यासेजमा टेपले र्‍यापिङ गरेको कार्टुन प्रहरीले फेला पारेको थियो ।

कार्टुनभित्र प्रहरीले हेर्दा छड्के तिलहरीको पोते नौं वटा र ४३ लाख नगद फेला पारेको थियो । त्यसपछि प्रहरीले सो रकम र तिलहरीसहित कौशललाई पक्राउ गरेको हो। उनले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन् । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।