८ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारीले नेता खनाललाई भेटेर के भनिन् ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

पार्टी भित्रको विवाद चरमत्कोर्षमा पुगेका बेला भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् ।

शनिबार खनाल निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच भएको भेटवार्तामा पार्टी एकता जोगाउन आग्रह गरिएको थियो ।

उनीहरुबीच करिब एक घण्टासम्म भेटवार्ता भएको थियो ।

छलफलमा राष्ट्रपति भण्डारीले नेता नेपालको स्वास्थ्यबारे पनि जानकारी लिएकी थिइन् । ‘लोकतन्त्र बलियो बनाउन पार्टीहरू पनि बलियो हुनुपर्छ । सबै पार्टी बलिया भएमात्रै लोकतन्त्र जोगिन्छ । एकीकृत पार्टी पनि नटुटोस्, सकेसम्म मिलेर जानुस् ।’ राष्ट्रपति भण्डारीले आग्रह गरिन् ।

नेता खनालले राष्ट्रपति आफ्नो निवासमा आएर भेटेको र आफूलाई खुशी लागेको प्रतिक्रिया दिए ।

‘राष्ट्रपति आउनुभयो । मलाई खुसी लागेको छ । मैले हार्दिक स्वागत गरे । भलाकुसारी गर्यौं । वर्तमान अवस्थाबारे कुराकानी र चिन्ता चासो प्रकट भए’, खनालले भने, ‘उहाँको चिन्ता पार्टी आन्दोलन एकतावद्ध भएर जाओस्, लोकतन्त्र सुदृढ होस् भन्ने देखियो । ’

नेता खनालले आफूलाई आफ्नो भन्दा पनि देशका चिन्ता रहेको बताएका थिए । ‘मेरो स्वास्थ्य सामान्य छ । मेरो जीवन नाफाको जीवन हो । मलाई चिन्ता धेरै पार्टीको छ । पार्टीमा समस्या उत्पन्न भएको अवस्थामा आउनुभएको छ । सबै पार्टी बलिया भए भने लोकतन्त्र बलियो हुन्छ भन्ने कुरामा तपाई पनि जानकार हुनुहुन्छ ।’ उनले भने ।