शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चैत २६ गते चापागाउँमा किक बक्सिङ प्रतियोगिता, विभिन्न समितिहरू गठन

दैनिक नेपाल २०७७ चैत २१ गते ८:२३

काठमाडौं, २१ चैत । ललितपुरको चापागाउँमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग तथा ललितपुर किक बक्क्सिङ संघको संयुक्त रुपमा हुन लागेको चौथो वीर गणेशमा सिंह स्मृति खुला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता लागि विभिन्न समिति गठन गरिएको छ ।

चैत २६ गते गोदावरी नगरपालिकको चापागाउँको प्याङगाउँ चौरमा विभिन्न झाँकीसहित प्रतियोगिताको उद्घाटन हुँदैछ । प्रतियोगिताका लागि व्यवस्थापनदेखि विभिन्न तयारीहरू गर्न समितिहरू गठन गरिएको नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव एवम् प्रतियोगिता आयोजक समितिका संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतियोगिताको आर्थिक कमिटीको संयोजकमा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका महर्जन रहेका छन् ।

समितिको सह–संयोजकमा विनोद महर्जन तथा सचिवमा मथुरा शर्मा रहेका छन् । बिक्रमबहादुर श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितिको सह–संयोजकमा मोहन मल्ल र सचिवमा दिनेश घोरासाइने चयन भएका छन् ।

सुरक्षा समितिको संयोजकको जिम्मेवारी दयाराम महर्जनलाई दिइएको छ । समितिको सह–संयोजकमा सुरेन्द्र कपाली र सचिवमा मनोज डंगोल रहेका छन् ।

समारोह समितिको संयोजकमा सुरज श्रेष्ठ, सह–संयोजकमा पुरुषोत्तम घिमिरे र सचिवमा दीपक घिमिरे रहेको ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी सागर चित्रकारलाई दिइएको छ । सह–संयोजकमा सुनन्द महर्जन ‘श्याम’ र सचिवमा मदन महर्जन रहेका छन् ।

अतिथि सत्कार समितिको संयोजकको जिम्मेवारी रविकुमार सिलवालले पाएका छन् । सह–संयोजकमा द्वारिका श्रेष्ठ र सचिवमा सरोज मेहेर कायस्थ रहेका छन् ।

रेफ्री कमिटीको संयोजकको जिम्मेवारी राजेन्द्र कपालीलाई दिइएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् खेलकुद विभागका सचिव महर्जनले जानकारी दिए । समितिको सह–संयोजकमा महेश रञ्जित र सचिवमा दीपक श्रेष्ठ रहेका छन् ।

प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी राजु बस्नेतले पाएका छन् । सह–संयोजकमा केदारनाथ दहाल र सचिवमा रमेशप्रसाद घिमिरे रहेको प्रतियोगिता संयोजक महर्जनले बताए ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

पुरस्कार बितरण नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले गर्ने ललितपुर किक बक्सिङ संघका अध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडी महर्जनले बताए ।

प्रतियोगिता चैत २६, २७ र २८ गते ३ दिन चल्नेछ । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी शसत्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुआई थाई, फुल कन्ट्याक्ट कराते, आईटिएफ, किक बक्सिङ र रेज क्लब गरी २ दर्जनभन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने प्रतियोगिताका सह–संयोजक ध्रुब खनालले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग र ललितपुर किक बक्क्सिङ संघको संयुक्तमा गोदावरी नगरपालिकाको चापागाउँमा सञ्चालन हुन लागेको चौथो वीर गणेशमा सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता लागि गठन भएका समितिहरूले आफ्नो काम धमाधम गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित