८ कार्तिक २०८३, आइतबार

आफ्नै नेतृत्वको नयाँ सरकार बनाउन काँग्रेस अघि बढ्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नयाँ सरकार बनाउन कसरत गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने तथा नयाँ सरकारका लागि अघि बढ्ने निर्णय गरेको हो ।

काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गर्ने भएको हो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक विवाद नमिलेर साँझ ७ बजे मात्रै बसेको थियो ।

प्रधानमन्त्री ओलीको कदमलाई मौन सहमति दिँदै आएका काँग्रेस सभापति शेरबहादुर देउवाको आलोचना हुँदै आएको थियो । यद्यपि माओवादीको अविश्वास र धोका दिने प्रवृत्तिका कारण काँग्रेस मौन बसेको कतिपय बुझाइ छ ।