८ कार्तिक २०८३, आइतबार

कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारण सभाको अवसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहँुच पुुर्याउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्यूआर वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक लि. बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्यूआर कोड बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए भने त्यसपछि अध्यक्ष पाण्डेले व्यवसायीहरुलाई वितरण गरेका थिए ।

नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुशी व्यक्त गर्दै कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै अन्य व्यवसायी संघ संस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिएका थिए ।