८ कार्तिक २०८३, आइतबार

मेलम्चीकाे पानी ल्याएकोमा राष्ट्रपति भण्डारीद्वारा सरकारलाई धन्यवाद

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेको भन्दै पानीका स्रोतहरुको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् ।

शुक्रबार काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उदघाटनपछि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिका पानीको अत्याधिक दोहन जस्ता कारणले पानीका स्रोतहरु प्रदूषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी काठमाडौँ उपत्यकामा ल्याउन सफल भएकोमा सरकारलाई धन्यवाद दिइन् ।

‘पानीको स्रोत संरक्षण सम्बर्द्धनमा त्रिभुवन विश्वविद्यालयसहित प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनुपर्दछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति गर्न मेलम्चीको परिकल्पना ५ दशक अघि नै गरिएपनि करिब ३ दशकअघि कृष्णप्रसाद भट्टराईको पालमा चर्चामा आएको आयोजना केपी शर्मा ओलीको पालमा सम्पन्न भएको छ, जसले जनतामा खुसी छाएको मैले विश्वास व्यक्त गरेकी छु ।’