३ कार्तिक २०८३, मंगलबार

अमिर दोङ अभिनित तामाङ गीत ‘छामेला गोइलो’ बजारमा

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ को गीत बजारमा आएको छ ।

नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एवं संगीतकार विशाल काल्तानले संगीतबद्ध गरेका छन् भने दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

यस्तै चाँद सिङले संगीत संयोजन गरेको गीतमा उनै चर्चित गायक एवं संगीतकार विशाल काल्तन र गायिका सुमिनाकोे आवाज रहेको छ ।

म्युजिक भिडियोमा निर्देशक एवं तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तान, रमेश लामा, विना लोप्चन, कुइसाङ रुम्बा र पदम दोङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई उनै निर्देशक एवं तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन, विष्णु गोले, भिषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सूर्य लामाले कलर गरेका हुन् ।