बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु, ७२ जना भन्दा बढी घाइते

दैनिक नेपाल २०७७ चैत २० गते १३:२०

ताइवान, २० चैत । ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ भने ७२ जना भन्दा बढी घाइते भएका छन् ।

ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनापछि ताइवानकी राष्ट्रपति साइ इंग–वेनले घाइतेको उपचार तथा उद्धारका लागि आपतकालीन व्यवस्था लागू गरिएको जानकारी गराएका छन् । ताइवानको यातायात मन्त्रालयले दुर्घटनालाई पछिल्लो चार दशकयताकै भयानक दुर्घटना भनेको छ ।

यसअघि ताइवानमा सन् २०१८ मा रेल दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने १७५ जना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित