५ कार्तिक २०८३, बिहिबार

शुक्लाफाँटामा गैंडा गणना शुरू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

कञ्‍चनपुर, २० चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा गणना शुरू भएको छ ।

राष्ट्रिय गैंडा गणना कार्यक्रमअन्तर्गत बिहीबारदेखि शुक्लामा गणना गरिएको हो । निकुञ्जको मालुमेला पोस्टमा गणक, हात्तीका माहुतेसहितलाई प्रशिक्षणपश्चात् गणना सुरु भएको हो ।

चैत ९ मा छैटौं राष्ट्रिय गणनाअन्तर्गत पर्सा चितवन कम्प्लेक्सबाट शुरू भई अन्तिम चरणमा शुक्लामा गणना भइरहेको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा पाइने क्षेत्रलाई तीन ब्लकमा विभाजन गरी गणनाको काम भइरहेको छ । मालुमेला, बेलडाडी र शुक्ला घाँसे मैदान क्षेत्रलाई ब्लकमा विभाजन गरिएको हो ।

गणनामा ४ हात्तीसँगै १२ माहुते, ८ गणक र १० व्यवस्थापक गरी ३० जना खटिने छन् ।