बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

म्यानमारमा सेनाको गोली लागेर ४३ बालबालिकाको मृत्यु

दैनिक नेपाल २०७७ चैत २० गते ७:३१

म्यानमार, २० चैत । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् ।

फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । त्यस्तै हिंसात्मक विरोधका क्रममा ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

सैन्य ‘कू’विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको सेभ द चिल्ड्रेनको भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ ।

१३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

पछिल्लो घटनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शनहरू भइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित