५ मंसिर २०८३, शनिबार

कास्कीमा नेपाल समूहद्वारा एमालेको समानान्तर कमिटी गठन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २० चैत । माधव नेपाल समूहले कास्कीएमाले कास्कीमा समानान्तर कमिटी गठन गरेको छ ।

कमिटी अध्यक्षमा धनराज आचार्य चयन भएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखरामा आयोजित कार्यकर्ता भेलामा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो ।

कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने जनाइएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि कास्कीमा समानान्तर गठन गर्न नेता नेपाल पोखरा आएका हुन् ।

कास्कीको भरतपोखरी निवासी आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । पार्टीको केन्द्रीय विभागको सदस्य, जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियूका पूर्व अध्यक्ष समेत हुन् ।

कास्की क्षेत्र २ बाट स्व। रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले प्रतिनिधिसभाको चुनाव लड्दा उनी आर्थिक विभाग प्रमुख थिए ।