
काठमाडौँ, १९ चैत । कामना सेवा विकास बैंक लि. आर्थिक वर्ष २०७५/७६ मा समेत मध्यम स्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।
कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यम स्तरीय करदाता कार्यालयको कार्य क्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यम स्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।
बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थ मन्त्रि विष्णु प्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए । बैंकले आ.व.२०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो ।
आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।
राज्य प्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकार प्रतिको दायित्वलाई अक्षरंस पालना गर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पुर्याउने लक्ष्यसहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढि हौसला प्रदान गरेको छ र बैंक आफ्नो भिजनअनुरुप खरो रुपमा उत्रिएर राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदान दिने करदाताको रुपमा आफूलाई स्थापित गरेको छ ।
यस महत्वपूर्ण उपलब्धिको सुखद क्षणमा नेपाल सरकार, अर्थ मन्त्रालय, हाम्रा अमूल्य ग्राहक महानुभावहरु, नियामक निकाय, कर्मचारीहरु लगायत अन्य सरोकारवाला सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ ।















प्रतिक्रिया