५ कार्तिक २०८३, बिहिबार

सर्वोच्च अदालतद्वारा प्रचण्डको मागदाबी अस्वीकार

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरवलोकन नहुने भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार सर्वोच्च अदालतमा दिएको पुनरवलोकनसम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशद्धय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

फागुन २३ गते न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा ऋषि कट्टेलको हुने ठहर गर्दै साबिक नेकपाको एकता बदर गरेपछि प्रचण्ड अदालत पुगेकका हुन् ।