२ कार्तिक २०८३, सोमबार

युरोपभर कोरोनाको तेस्रो लहर बढेपछि फ्रान्समा देशव्यापी लकडाउन घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, १९ चैत । फ्रान्ससहित युरोपभर कोरोनाको तेस्रो लहर बढेसँगै फ्रान्समा फेरि लकडाउनको घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले तेस्रोपटक लकडाउन घोषणा गरेका हुन् । राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका छन् ।

उनले तीन हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न आग्रह गरेका छन् । यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने पनि बताएका छन् ।