
काठमाडौं, १९ चैत । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिन नेकपा माओवादी केन्द्रले आलटार गरिरहेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अनुमान गरिएको भए पनि माओवादी उक्त निर्णयमा अझै पुग्न सकेको छैन । आज बसेको स्थायी किमटी अनौपचारिक भएकाले कुनै पनि निर्णय नगरिएको माओवादीले बताएको छ ।
अनौपचारिक बैठकमा भएको छलफलअनुसार सरकारलाई दिएको समर्थन फिर्ताबारे नेकपा माओवादी केन्द्रले अझै केही दिन पर्खिने भएको छ । यद्यपि, शनिबार वा आगामी आइतबारसम्ममा यसबारे निर्णय लिन सकिने नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
बिहीबारको बैठकमा यसबीचमा विभिन्न दलसँग पार्टीले गरेको छलफल तथा भेटघाटबारे जानकारी गराइएको बताइएको छ । माओवादी र एमालेकै असन्तुष्ट पक्षहरु केपी शर्मा ओलीको सरकारलाई अपदस्त गर्न बाटो खोजिरहेको छ ।
उपयुक्त अवसर नभएसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने रणनीतिमा देखिन्छ ।















प्रतिक्रिया