
काठमाडौं, १९ चैत । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा एकै दिन ९०० रुपैयाँले वृद्धि भएको छ ।
अघिल्लो दिन बुधबार प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ८६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँमा निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको महासंघले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर हुँदै गएकाले नेपाली बजारमा पनि केही दिन मूल्यमा उतारचढाव आउने बताइएको छ ।















प्रतिक्रिया