भोजपुर, १९ चैत । नेकपा एमालेको माधव–झलनाथ पक्षले भोजपुरमा युवा र विद्यार्थीको समानान्तर कमिटी निर्माण गरेको छ ।
यसअघि शरणकुमार राई अध्यक्ष रहेको अलग्गै जिल्ला कमिटी बनाएको उक्त समूहले जनवर्गीय संगठन युवा र विद्यार्थीको पछि छुट्टै कमिटी गठन गरेको हो ।
बुधबार भएको भेलाले बिमल रणपहेलीको नेतृत्वमा १७५ सदस्य रहेको राष्ट्रिय युवा संघ बनाएको हो ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को ८५ सदस्यीय कमिटी गठन गरिएको छ ।















प्रतिक्रिया