५ कार्तिक २०८३, बिहिबार

आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि दिउँसोतिर देशका केही स्थानमा वर्षा हुने बताएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज बिहानै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू–भागमा तुवाँलोको मात्रा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने विभागको अनुमान छ । बाँकी भू–भूभागको मौसम भने सफा रहने छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै राति प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।