३ कार्तिक २०८३, मंगलबार

‘अन्नियन’मा कियारा र रणवीरको जोडी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायक रणवीर सिंहसँग राम्रा प्रोजेक्ट छन् । उनी दक्षिण भारतीय निर्देशक शंकरसँग ‘अन्नियन’को हिन्दी रिमेकमा काम गर्दैछन् ।

यही फिल्ममा ‘कवीर सिंह’की नायिका कियारा आडवाणी पनि खेल्दै छिन् । निर्देशक शंकर अहिलेसाउथ सुपरस्टार राम चरणको आगामी फिल्ममा व्यस्त छन् ।

शंकरले २००५ मा रिलिज भएको सुपरहिट फिल्म अन्नियनको हिन्दी रिमेक गर्न रणवीरसँग छलफल गरेका छन् ।

फिल्ममा एउटा वकिलको कथा छ जो मल्टिपल पर्सन्यालिटी डिसअर्डर पीडित छन् । शंकर लामो समयदेखि रणवीरलाई यो प्रोजेक्टमा सामेल गराउने कोसिसमा थिए ।

फिल्मबाट शंकर २० वर्षपछि बलिउड फिल्ममा कमब्याक गर्दै छन् । यसअघि अनिल कपूर अभिनित नायक उनले निर्देशन गरेका थिए । कियारा भने फिल्म शेरशाहमा सिद्धार्थसँगदेखिँदै छिन् । उनी फिल्म भूलभुलैया–२ र जुगजुग जियोमा पनि देखिने छिन् ।