
काठमाडौँ, १८ चैत । वुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाली बजारमा मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य वुधबार ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी वुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको छ ।















प्रतिक्रिया