५ मंसिर २०८३, शनिबार

भुसालद्वारा निर्वाचन जित्नेवित्तिकै पार्टी फुटाउने गतिविधि गरेको थापाको आरोप

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार एवम् एमालेका केन्द्रीय सदस्य सूर्य थापाले घनश्याम भुसालप्रति कठोर टिप्पणी गर्दै सधैँ पार्टी विभाजनको गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

बुधबार ट्वीट गर्दै थापाले पार्टी फुटाउने गतिविधि गरेकै कारण विगतमा भुसाल कारबाहीमा परेको बताएका छन् ।

थापाले भनेका छन्, ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो । २०५१ पछि उप–निर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्‍यो ।’

‘०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो । चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’, थापाले प्रश्न गरेका छन् ।

एमालेका नेता भुसालले सधैँ पार्टीलाई कमजोर बनाउने कार्यमात्रै गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार थापाको आरोप छ ।