९ कार्तिक २०८३, सोमबार

बंगहाका सात जना किशोरीहरू सम्पर्कविहीन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १८ चैत । महोत्तरीको भंगहाबाट ७ जना किशोरी सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

दिउँसो दुई बजे घाँस काट्न निस्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान अहिलेसम्म सम्पर्कमा नआएका परिवारका सदस्यले बताएका छन् ।

हराएका सातै जना एउटै टोलका हुन् । उनीहरू हराएकोबारे प्रहरीमा खबर गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताए ।

उनीहरू समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किंदा खोजबिन सुरु गरेको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले बताए ।