८ कार्तिक २०८३, आइतबार

‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा डिभाइज थप्दै रियलमी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेपाल रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरुमा (रियलमी डिभाइज) थप गर्ने भएको छ ।

विश्वमा छोटो समयमा तीव्र गतिमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड ‘रियलमी’ले गत सेप्टेम्बर, २०२० मा रियलमी युआई २.० लाई नेपाली बजारमा उतारेको थियो ।

प्रयोगकर्ताहरूका माझ अपरेटिङ प्रणालीमा सफलताका साथ ट्रेन्डसेटिङ मोबाइल फोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरुबाट ‘जेट्’ जेनेरेसनका लागि अधिक प्रतिकृया (फिडब्याक) प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैलाई मध्यनजर गरी कम्पनीले युवा वर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न कम्पनीले नयाँ संस्करणको एन्ड्रोइड सहित अन्य नयाँ रियलमी फोनहरुमा ल्याउन लागेको हो ।

नयाँ रियलमी युआई २.० को विरासतलाई सम्मान गर्दै डिभाइजमा थप नयाँ आकर्षक सुधार जस्तै नयाँ एन ए आर जेट ओ (उच्चकोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्या ब्याट्री क्षमता, सफल डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स फाइभ प्रो फाइभजी डिभाइजका लागि कम्पनीले अनुमति पाएको छ, जुन ओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ ।