५ मंसिर २०८३, शनिबार

सरकारले संसदलाई कामविहन बनायो, बेकामे संसद आजै अन्त्य हुने सम्भावना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सरकारले संसदलाई बिजनेस दिएको छैन । विजनेश नपाउँदा संसद पंगु बनेको चर्चा हुन थालेको छ ।

बैठकमा पूर्वमन्त्री नविन्द्रराज जोशी र पूर्व सभासद् लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयले निकालेको सम्भावित कार्यसूची अनुसार विभिन्न संसदीय समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्नेछन ।

प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने सम्भावना बढेको छ । बर्खे अधिवेशन अबको एक महिनाभित्रै बोलाउनुपर्ने भएकोले चालु हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने अवस्था आएको सांसदहरूले बताएका छन् ।