धनगढी, १८ चैत । बैतडी जिल्लामा विद्यालयमा ढलेर बेहोस भएकी किशोरीलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
शिवनाथ गाउँपालिका–२ सर्मालीमा रहेको नागार्जुन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत जमुना कलौनीलाई थप उपचारका लागि धनगढी ल्याइएको हो ।
विद्यालयका प्रधानाध्यापक महामल सिह सावदले विगत करिब एक हप्तादेखि कक्षा ६ देखि १० सम्मका छात्रा बेहोस हुने क्रम बढेको बताए ।
उनले कलौनीलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए ।











प्रतिक्रिया