बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

साउनदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ चैत १७ गते १८:४६

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् ।

उनले अब वृद्धवृद्धाहरु लगायतको भत्ता बढ्ने भएपछि कतिलाई निद्रा नलाग्ने पनि बताए ।

‘पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पनि साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अलिकति बढ्छ नै । साउन १ गतेबाट लागू हुने गरी बढ्छ फेरि ।’

हाल वृद्धभत्ता मासिक ३ हजार रहेको छ । आफ्नो नेतृत्व समयमा ५ हजार पुर्याउने सरकारको लक्ष्य रहेको छ ।

त्यस्तै, आफूले राम्रो काम गर्दै अघि बढेकोले साउनअघि नै सरकार ढाल्ने खेलमा विपक्षीहरु लागेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्दा । आपत्ति लाग्छ भने फेरि मैले भन्दिन्छु, आपत्ति लाग्छ भने सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ । अब यो बूढाबूढी पनि हेर्न थाल्यो, यसरी अन्धा अपांग पनि हेर्न थाल्यो, यो सरकार त छिटो हटाउनुपर्यो, साउन १ गतेदेखि त फेरि बढाएर लागू गर्ने भनिसक्यो… अब मान्छेहरूलाई अर्को छटपटी सुरु हुन्छ, निद्रा लाग्दैन ।’

सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा धेरै कामहरु गरेको पनि बताए । उनले भने, ‘सामाजिक सुरक्षाका क्षेत्रमा थुप्रो कामहरु हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्र्यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ ।

प्रधानमन्त्री ओली सरकारले किनेर ल्याएको रेल अब छिट्टै सञ्चालन गरिने पनि बताए । उनले भने, हामीले उत्तर–दक्षिण रेलको कुरो गर्यौँ । हामीले केरुङ–काठमाडौं रेल, काठमाडौं रक्सौल रेलको कुरा ग¥यौं । पूर्वपश्चिम रेल अब छिटै शिलान्यास गर्दैछौं पूर्वबाट ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘अहिले कतिपय ठाउँमा बाटोहरु बनिराख्या छ । राइट अफ वे स्पष्ट गरिया छ । त्यहाँ क्षतिपूर्ति दिने अधिग्रहण गर्ने कामहरु भइराख्या छ । रेल ल्याएर आफ्नै रेल अब किनेर छिटै नै सञ्चालन गरिँदैछ ।’

ओलीले भने, ‘रेल किनेर ल्याएको अस्ति नै तपाईहरुले हेरिसक्नुभएको छ । रेल किनेर ल्याइसक्या छ । सञ्चालनको तारतम्य हामी मिलाउँदैछौँ ।’

प्रतिक्रिया
सम्बन्धित