काठमाडौँ, १७ चैत । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनी विक”मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।
बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गरेर मनाएको थियो ।
प्रदेश नं १ को विराटनगर स्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा विर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी, बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौँडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरीएको थियो ।
यसका अलावा बैंकले विद्युतिय कारोवारका सात प्रमुख विद्युतीय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट) का बारेमा श्रव्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्पmत प्रशारण पनि गरेको थियो ।
सिभिल बैंक लिमिटेड र आइसनबीच सम्झौता सम्पन्न
सिभिल बैंक लिमिटेड र आइसनबिच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोलाबहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता पत्रअनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत) मा अनुबन्धित ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छुट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छुट पाउनेछन् ।















प्रतिक्रिया