९ कार्तिक २०८३, सोमबार

वामपन्थी नेता मानन्धरको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । नेपाली काँग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णु बहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ ।

उनको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

स्व.मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित रहेका थिए । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित रहेका थिए । –रासस