
काठमाडौं, १७ चैत । मेगा बैंक नेपालले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरूका लागि विशेष सुविधा ल्याएको छ ।
मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पाङ्ग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरूका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनीका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन् ।
विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरूलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकले बताएको छ । रिक्सा चालकहरूले आफ्नै स्वामित्वमा तीनपाङ्ग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्ने छ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ ।
मेगा बैंककी सीईओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरूलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढङ्गले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने बताइन् ।
नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरूलाई मेगा बैंकले यो कर्जा प्रदान गर्ने छ ।















प्रतिक्रिया