
काठमाडौं, १७ चैत । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीलाई निर्वाध अगाडि बढ्न दिन आग्रह गरेका छन् ।
दोस्रो पटकको ताकेतापछि पार्टीलाई स्पष्टीकरण बुझाउँदै उनले यस्तो आग्रह गरेका हुन् । ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस्,’ भुषालले भनेका छन्, ‘अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ । आगे तपाईंकै इच्छा ।’
भुषालले आफ्नो स्पष्टीकरणपत्रमार्फत एमालेलाई अगाडि बढ्न नदिन ओली अग्रसर भएको आरोप लगाएका छन् । ओलीमा गम्भीर विचलन आएको र एमालेलाई विभाजन गर्न उद्धत रहेको समेत भुषालले आफ्नो पत्रमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् भुषालको स्पष्टीकरणपत्र–















प्रतिक्रिया