३ कार्तिक २०८३, मंगलबार

पतिबारे के भन्छिन् नायिका रानी मुखर्जी ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका रानी मुखर्जी निजी जीवन बाँच्न रुचाउँछिन् । कामसँग सम्बन्धित घटनाहरू बाहेक उनी सामाजिक सञ्जालमा सक्रिय छैनिन् । उनीजस्तै उनका श्रीमान आदित्य चोपडा पनि निजी जीवनमै हराइरहेका छन् ।

यो जोडीको सन्तान सुर्खालाई पनि मिडियाको चमकधमकबाट टाढा राखिएको छ । आफ्नो निजी जीवन र श्रीमानबारे खासै सार्वजनिक अभिव्यक्ति नदिने अभिनेत्री रानीले आदित्यबारे खासै बोल्दिनन् । जन्मदिनको अवसरमा रानीले श्रीमान् आदित्यसँगको प्रेम सम्बन्धबारे बोलेकी छिन् ।

रानीलाई आदित्य निजी जीवन र परिवारलाई समय दिने व्यक्ति भएकोले मन पर्छ । लामो समयदेखि बलिउड उद्योगमा जोडिएको आधारमा रानी आफ्ना लागि निजी समय छुट्याउन एकदमै जरुरी भएको ठान्छिन् ।

रानीका अनुसार उनी परिवारलाई महत्व दिने व्यक्ति हुन् । आफू कामबाट घर फर्केपछि परिवारलाई समय दिने क्रममा आदित्यसँग प्रेममा पर्नु स्वभाविक रहेको बताएकी छन्। दुवैले निजी समयलाई महत्व दिने र गोपनीयता जोगाउन मन पराउने भएकोले पनि आदित्यसँग सम्बन्ध विशेष बनेको उनको भनाइ छ ।

रानीले करण जोहरजस्तो सामाजिक सञ्जालमा सक्रिय उपस्थिति भएको भए आदित्यलाई माया नगर्ने समेत बताएकी छन् । रानीका अनुसार आदित्य स्टुडियोको काम सकाएर घर फर्कने बानीले गर्दा उनी खुसी छन् ।

‘कुछ कुछ होता है’, ‘ब्ल्याक’, ‘बन्टी और बब्ली’, ‘युवा’, ‘मर्दानी’ ‘हिचकी’जस्ता चर्चित फिल्ममा अभिनय गरेकी रानी आज ४२ वर्ष पुगेकी छन् । उनले निर्देशक तथा निर्माता आदित्यसँग सन् २०१४ मा विवाह गरेकी हुन् ।