गोरखा, १७ चैत । एमालेका गोरखा जिल्लाका नेता शिशिर पोखरेलको निधन भएको छ ।
जिल्ला कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाका संयोजक शिशिर पोखरेलको सोमबार चितवनमा निधन भएको हो ।
कलेजो सम्बन्धी समस्या उत्पन्न भएपछि लामो समयदेखि चितवनमा उपचाररत पोखरेलको चितवनमा नै निधन भएको जिल्ला कमिटी सचिव कृष्ण नेपालीले जानकारी दिए ।
बारपाक सुलीकोट गाउँपालिका ५ ताकुमाझ लाँकुरीबोट निबासी ४५ वर्षका पोखरेल मौरीले चिलेपछि बिगत तीन महिनादेखि बिरामी थिए ।
उनको सोमबार देवघाटमा अन्त्यष्टि गरिएको नेपालीले बताए ।















प्रतिक्रिया