गोरखा, १७ चैत । गोरखा जिल्लामा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।
यसअघि जिल्ला उपाध्यक्ष रहेका नारेश्वरका यादव बस्नेतको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी सोमबार गठन भएको हो ।
बस्नेत यसअघि वामदेव गौतम निकट थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदा उनी प्रचण्ड–नेपाल पक्षमा लागेका थिए ।
ओली पक्षले नेकपा केन्द्रीय सदस्यसमेत उनलाई बनाएको थियो । उनले अस्वीकार गरेका थिए ।
नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षका नेता तथा कार्यकर्ताको भेलाले बस्नेतको अध्यक्षतामा ६४ सदस्यीय समानान्तर जिल्ला कमिटी बनाएको छ ।
एक नेताले दिएको जानकारीअनुसार अब बेग्लै पार्टी कार्यालय पनि सञ्चालन गर्ने तयारी छ ।
समानान्तर कमिटीलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पक्षका जिल्ला अध्यक्ष प्रेम गुरूङले अवैध भनेका छन् ।











प्रतिक्रिया