
काठमाडौँ, १६ चैत । नेकपा (एमाले) ले पार्टीका दुई नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
उनीहरुलाई पार्टीको हित विपरीत गतिविधि सञ्चालन गरेको अभियोगमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही गरेका हुन् ।
अध्यक्ष ओलीद्वारा हस्ताक्षर गरिएको पत्रमा उनीहरुलाई सच्चिनका लागि समय दिएको र सुध्रिन आग्रह गरिएको छ । ओलीले नेता नेपाललाई सम्बोधन गर्दै लेखेका छन्, ’तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहङ्कार र आत्म केन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’
पार्टी विरोधी, फाटोवादी र गुटगत क्रियाकलाप नेकपा (एमाले)कै नाममा गरिएको र त्यसलाई आगामी दिनमा निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीका लागि एकताका लागि भन्दै भ्रम फिँजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको निलम्बन पत्रमा उल्लेख छ ।
‘पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टी सदस्यबाटै पार्टीको विधान २०४९९संशोधन २०७१ समेत० को धारा ४९ ख बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको’ स्पष्ट पारिएको छ ।
रावललाई स्पष्टीकरणमा सोधिएअनुसार ‘आफ्नो भूलत्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्म समीक्षा नगरेको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहङ्कार आत्म केन्द्रित र स्वार्थी प्रवृत्ति प्रस्ट रुपमा देखियो’ भन्ने निलम्बन पत्रमा उल्लेख छ ।
भीम रावललाइ दिइएकाे पत्र:















प्रतिक्रिया