२ कार्तिक २०८३, सोमबार

नेपालले चुम्याे त्रिदेशीय फुटबल कपकाे उपाधि

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । त्रिदेशीय फुटबल कपकाे उपाधि नेपालले चुम्न सफल भएकाे छ ।

साेमबार साँझ दशरथ रंगशालामा भएकाे बंगलादेशविरुद्धकाे फाइनल खेलमा नेपाल २–१ गोलले विजयी बनेको हाे ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा यो सफलता हासिल गरेको हो । नेपालका लागि खेलको १८ औँ मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए ।

त्यस्तै, ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका थिए ।

उता बंगलादेशले १ गोल फर्काएको थियो ।