८ कार्तिक २०८३, आइतबार

नेपाल समूह कांग्रेससँग टाँस्सिन पुग्यो, गोकुल बास्कोटाले गराए सचेत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । सत्तारुढ एमाले निकटका पत्रकारहरूको संस्था प्रेस चौतारी नेपाल विभाजित भएर नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको छ ।

प्रेस चौतारीले पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मालाई उम्मेदवार बनाएको छ । वरिष्ठ नेता माधव नेपाल समूह निकटका पत्रकारहरूले नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनका अध्यक्षका उम्मेदवार विपुल पोखरेललाई साथ दिएको छ ।

महासंघको निर्वाचनमा प्रेस चौतारी विभाजित भएपछि एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले आक्रोश पोखेका छन् । बास्कोटाले एमालेभित्र पार्टी एकताको माग गरिरहेका बेला पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरूलाई विभाजन गरेको भन्दै योगेश भट्टराई र विष्णु रिजाललाई प्रश्न गरेका छन् ।

‘पार्टीमा एकताको माग गर्ने साथीहरूले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसंग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र ब्यवहार हेर्न मन लाग्यो’, बास्कोटाले भनेका छन्, ‘योगेश भट्टराई र विष्णु रिजाल के सोँच्दै छन् होला जिज्ञाशा नि !’

एमालेका नेता बास्कोटाले एमालेका अधिकारिक उम्मेदवारलाई पत्रकार महासंघको निर्वाचनमा मतदान गर्न अपील गरेका छन् ।