बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

भारतद्वारा इंग्ल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज कब्जा

दैनिक नेपाल २०७७ चैत १६ गते १०:०९

नयाँदिल्ली, १६ चैत । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला पनि जितेको छ ।

अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

योसँगै भारतले इंग्ल्यान्डविरुद्ध तीन वटै क्रिकेट फर्म्याटको सिरिज जितेको छ। यसअघि टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला जितेको थियो ।

यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो । चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले जितेको थियो ।

३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि साम कुरानले अविजित ९५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । डेविड मलानले ५०, लियाम लिभिङ्सटनले ३६ र बेन स्टोक्सले ३५ रन बनाए ।

बलिङतर्फ भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा ३२९ रन बनाएको थियो ।

भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्ड्याले ६४, रोहित शर्माले ३४ र सार्दुल ठाकुरले ३० रनको योगदान दिए । बलिङतर्फ मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित