बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

चीनले लगाइदियो दश करोडभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप

दैनिक नेपाल २०७७ चैत १६ गते १०:०५

बेइजिङ, १६ चैत । चीनमा आइतबारसम्म १० करोडभन्दा धेरैले कोभिड–१९ विरूद्धको खोप लगाएका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराएको हो ।

अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँले खोप लगाएको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्यांक अनुसारलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित