७ मंसिर २०८३, सोमबार

भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ भ्याक्सिन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ भ्याक्सिन सहयोग दिएको छ ।

भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई आइतबार त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज भ्याक्सिन काठमाडौं आइपुगिसकेको बताए । यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको पौडेलले बताए ।

नेपाली सेनाले प्राप्त गरेको कोभिसिल्ड भ्याक्सिन संगठनभित्रका सैनिक र उनीहरूको आश्रित परिवारहरुलाई हस्तान्तरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।

यसअघि भारत सरकारले भने नेपाल सरकारलाई नेपाल सरकारलाई १० लाख डोज कोभिसिल्ड भ्याक्सिन सहयोग गरेको थियो ।

माघ ८ गते भारत सरकारले छिमेक नीतिअन्तर्गत नेपाललाई पहिलो चरणमा उपहारस्वरुप १० लाख डोज भ्याक्सिन सहयोग गरेको थियो ।