१४ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको बैठक आह्वान, के हुनेछ छलफल ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १५ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चैत १८ गतेका लागि नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बैठक आह्वान गरेका छन् ।

बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिइने बुझिएको छ ।

गत पुस १० गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वास प्रस्तावमा नेकपा एमालेको नेपाल–खनाल पक्षका २३ जना सांसदहरु रहेका छन् ।

ति सांसदहरुलाई अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि निर्देशन दिइने बताइएको छ ।

बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ । कुल ११० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा नेकपा एमालेका ५७ जना सदस्य छन् भने माओवादी केन्द्रका २३ जना सदस्य छन् । काँग्रेसको २२, राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २, साझा विवेकशीलको ३ र स्वतन्त्र एक सांसद् छन् ।