
काठमाडौँ, १५ चैत । प्रहरीले महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका झा दम्पतीको अपहरण गरि हत्या गरेको अरोपमा पक्राउ परेका थप ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नमा आरोपित स्थानीय तारादेवी झासहित उनका २ छोरा कैलाश र विकास झालाई सार्वजनिक गरेको हो ।
पिपरा गाउँपालिका–५ स्थित सहोडवा बस्ने ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार नै महोत्तरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
आरोपित कैलाश झाको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइएको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्रीहरु समेत प्रहरीले बरामद गरेको छ । हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरीको दाबी छ ।
झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साता अघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्र यादव, भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो ।
फागुन १० गते बेपत्ता झा दम्पतीको एक महिनापछि गाडिएको अवस्थामा शव फेला परेको थियो ।












प्रतिक्रिया