९ कार्तिक २०८३, सोमबार

चितवनमा तीन राउण्ड गोलीसहित एक युवक पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, १५ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो ।

होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ । –रासस