
कास्की, १५ चैत । दुई दिनदेखि पोखराको आकाशमा पनि तुवाँलोले ढाकेपछि हवाइ उडानहरु ठप्प भएका छन् ।
वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बन्द भएका हवाइ उडानहरु सुचारु हुन सकेका छैनन् ।
शुक्रबार तुवाँलोका कारण ६ वटा फ्लाइट रद्ध भएका थिए ।
पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायतका डाँडाहरू तुवाँलोले देखिका छैनन् । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा शुक्रबारदेखि पोखराबाट उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
पोखराबाट सिमरासम्मको सिधा उडान आजैदेखि सुरु गर्ने भनिए पनि मौसमका कारण स्थगित भएको छ । औपचारिकरुपमा सञ्चालन गरिने उडानमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्सालसहित २५ जनाको टोली सिमरा जाने कार्यक्रम तय भएको थियो ।












प्रतिक्रिया