१४ कार्तिक २०८३, शनिबार

धारामा मेलम्चीको पानी आएपछि स्थानीयबासी खुशी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ चैत । उपत्यकाबासीको घर घरमा मेलम्चीको पानी आइपुगेको छ ।

सामान्यतया अन्य समय बन्द रहने धारामा पानी आएपछि उपत्यकाबासीले खुशी व्यक्त गरेका छन् ।

आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले महाङ्कालस्थित पानी सङ्कलन तथा प्रशोधन केन्द्रबाट चावहिल, सरस्वतीनगर, गौशाला, एयरर्पोट क्षेत्रका वितरण प्रणालीमा पानी पठाएको हो ।

आल होली पर्वका दिन उपभोक्ताका धारामा पानी पठाइएको हो ।

आज २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ । त्यस्तै राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरण गरिँदैछ ।