
काठमाडौं, १५ चैत । तुल्सी मिडियाले आयोजना गर्न लागेको ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’को उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
‘नेपालको शान, संगीतको पहिचान’ मूल नारालाई आत्मसात गर्दै आगामी वैशाखमा पहिलो साता आयोजना हुने अवार्डका लागि ३५ वटा विधाको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।
जुरीहरुको टीमले फर्म भरेका गीतहरु मध्येबाट उत्कृस्ट पाँच सार्वजनिक गरिएको हो । नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई अवार्डले अझ बढाउने आयोजकले विश्वास लिएको छ ।
पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङ समेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगदसहित लाईफटाईम एचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने पनि आयोजकले जानकारी दिएको छ ।
















प्रतिक्रिया